शाखा अधिकृत, शैक्षिक गुणस्तर परीक्षण केन्द्र
(NASA अध्ययन तथा प्रतिवेदन लेखनमा संलग्न)
सारांश :
विद्यालय शिक्षामा गरिएको लगानिको उचित प्रतिफल प्राप्त हुनु पर्ने भएको र विद्यार्थीको सिकाइ उपलब्धि नै शैक्षिक गुणस्तरको प्रमुख सूचक भएकाले विद्यालय क्षेत्र सुधार योजना र कार्यक्रम अनुसार सन् २०११ देखि निरन्तर रुपमा कक्षा ३, ५ र ८ को उपलब्धि स्तर मापन भै रहेको छ । उक्त उपलब्धि परीक्षणले प्रमुख रुपमा विद्यार्थीको सिकाइमा घोकेको र कण्ठ गरेका कुराहरुमा विद्यार्थीले राम्रो क्षमता प्रदर्शन गरेको तर ब्यबाहारमा प्रयोग गर्ने, सृजनसिल र उच्च दक्षता आवश्यक पर्ने कुराहरुमा विद्यार्थीको क्षमता कमजोर रहेको कुरा अध्ययनले देखाएको छ । विद्यार्थीमा अपेक्षित उपलब्धि हाँसिल गराउनका लागि पाठ्यक्रम कार्यान्वयनका विविध पक्षहरुमा सुधारको आवश्यकता देखिएको छ । विद्यालयमा गरिने अनुगमन र निरीक्षणको प्रभावकारीता उपलब्धिमा ज्यादै न्यून रहेको, विद्यालयमा हुने विभेदपूर्ण ब्यबाहार, स्रोत र साधनको पर्याप्तता, शिक्षकका ब्यबाहार र अभिभावकको शैक्षिक र आर्थिक अवस्थाले विद्यार्थीको उपलब्धिमा खास प्रभाव पार्ने देखिएकाले शैक्षिक उपलब्धि वृद्धिका लागि विविध पक्षमा सुधारको आवश्यकता देखिएको छ ।
अध्ययनको पृष्ठभूमी
विद्यालय क्षेत्र सुधार योजना र कार्यक्रम अनुसार शैक्षिक उपलब्धिको लेखाजोखा गर्नका लागि विद्यार्थीको सिकाइ स्तर मापन गरिनु पर्ने र सो मापन सन् २०१६ भित्र दुइ पटक गरिनु पर्ने भनी उल्लेख भए बमोजिम शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कक्षा ३, ५ र ८ को उपलपब्धि स्तर मापन कार्य भै रहेको छ । यस केन्द्रको स्थापना स्थायी संरचनाको रुपमा विकास गर्ने अभिप्रायका साथ कानुनमा समेत परिमार्जन गर्ने पहल भएको छ । सोही अनुसार भक्तपुरको सानोठिमीमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना भएको तर कानूनी रुपमा मान्यता नपाइसकेकोले हाल शिक्षा मन्त्रालयको एक महाशाखा कै रुपमा काम गदै आइरहेको छ । सो केन्द्रले लिने विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण (National Assessment of Student Achievement) वा NASA परीक्षणका नामले परिचित हुँदै आएको छ । कक्षा ३ र ५ का विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण २०१२ को परीक्षणको तयारी २०१२ मा सुरु भई परीक्षण कार्य २०१३ मार्च २४ अर्थात् २०६९ चैत्र ११ गते भएको थियो । सोही अध्ययनको नतिजाका आधारमा यो लेख तयार गरिएको छ । उपरोक्त परीक्षणमा कक्षा ३ मा नेपाली र गणित विषय तथा कक्षा ५ मा नेपाली, गणित र अंग्रेजी विषयको परीक्षण गरिएको थियो । यो स्तरिकृत परीक्षण भएको हुनाले परीक्षणका लागि प्रयोग हुने प्रश्नहरुको निर्माण सम्बन्धित कक्षामा शिक्षण गरेका विषय शिक्षकहरुलाई एक हप्ते तालिम प्रदान गरी उनीहरुबाट नै गराइएको थियो । शिक्षकहरुको कार्यशालाबाट तयार गरिएका प्रश्नावलीहरुलाई सम्बन्धित विषयका विज्ञहरुबाट परिमार्जन र सम्पादन गरिसकेपछि विषय समितिबाट थप परिमार्जन सहित प्रमाणिकरण गराइ नेपालका हिमाल, पहाड, तराई क्षेत्रहरु समेटिने गरी सामुदायिक र संस्थागत दुबै विद्यालयहरु पर्ने गरी १३ जिल्लामा पूर्व परीक्षण गरिएको थियो । पूर्व परीक्षण गरिएका प्रश्नहरुको तथ्याङ्कको विश्लेषण पश्चात राम्रा प्रश्नावलीहरु छनोट गरी एक पटक पुनः विज्ञहरुको कार्यशालाले प्रश्नमा देखिएका कमी कमजोरीहरु परिमार्जन सहित ३ ओटा सेटमा प्रत्येक विषयका प्रश्नहरु तयार पारी विषयसमितिबाट त्यसलाई अन्तिमिकरण र प्रमाणिकरण गरी जनक शिक्षा सामग्रि केन्द्रको गोप्य छपाइ विधिबाट तयार पारी छनोटमा परेका विभिन्न २८ जिल्लामा परीक्षण गरिएको थियो ।
कक्षा ३ र ५ मा गरि १६९० विद्यालयमा अध्ययन गर्ने कक्षा ३ का ३८७५३ विद्यार्थी र कक्षा ५ का ४१४७९ विद्यार्थीहरु नमुना छनोटमा लिइएको थियो । यस परीक्षणको नतिजालार्ई अन्तराष्ट्रिय धेरै ठूला परीक्षणहरु TIMSS र PIRLS संग तुलनायोग्य हुनेगरी परीक्षणको डिजाइन गरिएको थियो जसले गर्दा अन्तराष्ट्रिय स्तरमा नेपालको उपलब्धिको अवस्था आँकलन गर्न सम्भव भएको थियो । यो स्तरिकृत परीक्षण भएको हुनाले नेपालको सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले हल गर्न सक्ने गरी प्रश्नहरु पाठ्यक्रमको आधारमा तयार भएका थिए र यस बर्षको प्राप्ताङ्कलाई विशेष विधिको उपयोग गरी भविश्यमा गरीने परीक्षणहरुको नतिजासँग तुलना गर्न सकिने हुनाले यसलाई उपलब्धिको आधारको रुपमा लिइएको छ ।
यो लेख तयार गर्नका लागि विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षण २०११ (२०१४ मा इलेक्ट्रेनिक प्रति प्रकाशित भएको तर मुद्रित नभैसकेको) प्रतिवेदन र तथ्याङ्कलाई आधार गरिएको छ ।
अध्ययनका मुख्य प्राप्तीहरु:
कक्षा ३ र ५ का प्रत्येक विषयमा तीन सेट प्रश्नहरु प्रयोग गरिएको र त्यसबाट आएको प्रप्ताङ्कलाई प्रतिशतमा बदली नतिजाहरु प्रस्तुत गरिएको छ । प्राप्ताङ्कको औसतलाई उपलब्धि प्रतिशतमा तलका तथ्याङ्कहरुलाई प्रस्तुत गरिएको छ ः
ड्ड कक्षा ३ गणित र नेपालीको औसत उपलब्धि क्रमसः ६० र ६३ रहेको छ । त्यस्तै गरी कक्षा ५ को गणितमा ५३, नेपालीमा ५९ र अंग्रेजिमा ५४ रहेको छ । उक्त विषयभित्रका विषयक्षेत्रहरुमा विद्यार्थीहरुको उपलब्धि कसैमा धेरै र कसैमा थोरै देखिएकाले ती विषयवस्तुको सिकाइको स्तर पनि थेरै र धेरै रहेको निश्कर्ष छ । विद्यार्थीहरुमा घोकेको कण्ठ गरेको वा सम्झि भन्ने कुराहरुको जवाफ धेरैले सही दिएको पाइयो भने सृजनशिल र तार्किक क्षमता प्रदर्शन गर्नुपर्ने उच्च दक्षता मुलक प्रश्नहरुमा विद्यार्थीको उपलब्धि कमजोर पाइयो । यस अध्ययनका मुख्य नतिजाको औसत प्राप्ताङ्क विभिन्न आधारमा निम्नअनुसाार रहेको पाइयो ः
तालिका १. विभिन्न आधारमा उपलब्धि प्रतिशत
- मातृभाषाको कारणले नेपाली र अंग्रजी विषयमा उपलब्धिमा असर गरेको पाइयो भने गणितमा मातृभाषाको असर देखिएन ।
- अभिभावकको सामाजिक र आर्थिक अवस्थाले विद्यार्थीको उपलब्धिमा असर राखेको पाइयो । गरिव र निरक्षर बाबुआमाका छोराछोरीको उपलब्धि हरेक विषयमा कमजोर पाइयो ।
- विद्यालय बाहेकको समयमा विद्यार्थीले आम्दानीको लागि काम गर्नु पर्ने विद्यार्थीहरुको उपलब्धि कमजोर पाइयो । जती धेरै समय काम गर्नु परेको छ सोही अनुसार उपलब्धि पनि कमी हुँदै गएको पाइयो ।
- विद्यार्थीको उमेरसँग उनीहरुको उपलब्धिको पनि सहसम्बन्ध रहेको पाइयो । सही उमेरमा कक्षामा हुने विद्यार्थीको उपलब्धि उच्च रहेको पाइयो ।
- धेरै सङ्ख्यामा विद्यार्थीहरुसँग पाठ्यपुस्तक समयमा नपाएको पाइयो । कक्षा तीनका ४६ प्रतिशत विद्यार्थीहरुसँग गणितमा पाठ्यपुस्तक उपयोग योग्य अवस्थामा नरहेको पाइयो । यस्तै अवस्था कक्षा ८ को परीक्षण २०११ मा समेत पाइएको थियो ।
- विद्यार्थीहरुको उपलब्धिमा जिल्लागत, विकास क्षेत्रगत, सामुदायिक र संस्थात विद्यालयहरुको उपलब्धिमा अन्तर उच्च पाइयो । तर, हिमाल, पहाड र तराइको उपलब्धिमा तथा ग्रामिण र शहरी क्षेत्रको उपलब्धिको अन्तर भने मध्यम रहेको पाइयो । नमुना छनोटका २८ जिल्लाहरु मध्ये खोटाङ, उदयपुर, सल्यान, जुम्ला, महोत्तरी, अछाम, बर्दिया, सप्तरी र रोल्पा न्यून उपलब्धि भएका जिल्लाहरु रहे भने काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र पर्सा उच्च उपलब्धि ल्याउने जिल्लाहरु रहे ।
- धेरै सङ्ख्यामा विद्यार्थीहरुले आफ्ना साथी र शिक्षकहरुबाट नराम्रा ब्यबहारहरु –बुलिङ) सामना गर्नु परेको बताएका छन् । यसमा ५४५६ प्रतिशत विद्यार्थीहरुले कुनै न कुनै प्रकारको बुलिङ भएको जनाएका छन् भने ५१० प्रतिशत विद्यार्थीहरुले अत्यधिक रुपमा बुलिङको सामना गर्नुपरेको बताएका छन् । बुलिङले विद्यार्थीको सिकाइमा नकरात्मक असर गरेको विभिन्न अन्तराष्ट्रिय अध्ययन र यस अध्ययनले पनि देखाएको छ ।
- गणित विषयमा विद्यार्थीको लिङ्गका आधारमा विद्यार्थीको उपलब्धिमा खासै अन्तर देखिएन । विगतका १४१५ बर्षमा लिङ्गका आधारमा हुने भेदभाव र उपलब्धिमा हुने अन्तरमा कमि भएको कुरा अघिल्ला अध्ययनसँग यस अध्ययनको तुलनाबाट पत्ता लागेको छ । विगतका अध्ययनहरुसँग तुलना गर्ने हो भने नेपाली र अङ्ग्रेजीमा भने त्यस्तो फरक नआउको पाइयो । हिमाली र सहरी क्षेत्रमा उपलब्धीमा विस्तार भएको पाइयो भने पूर्वाञ्चल विकास क्षेत्रको उपलब्धी घटेको देखियो र सुदुर पश्चिमाञ्चलको उपलब्धि उच्च भएको पाइयो ।
- अन्तराष्ट्रिय स्तरको परीक्षण TIMSS र PIRLS सँग गरिएको तुलनमा, गणितमा विद्यार्थीहरु अन्तराष्ट्रिय औसतभन्दा न्यून उपलब्धि रहेका पाइयो जसमा कक्षा ५ का विद्यार्थीहरु झण्डै कक्षा ४ को तहमै रहेको अध्ययनले देखाएको छ ।
- विद्यार्थीहरु दुबै कक्षामा अङ्क गणित र ज्यामितिमा भन्दा बीजगणितमा कमजोर रहेको पाइयो । नेपाली र अङ्ग्रेजि विषयमा शब्दभण्डारमा भन्दा पढाइ र लेखाइमा कमजोर उपलब्धी पाइयो ।
- विद्यालयमा गरिने वाह्य कक्षा अवलोकनहरु विद्यालय निरीक्षक, प्रशिक्षक र स्रोत ब्यक्तिबाट हुने अवलोकनको विद्यालयको उपलब्धिसँग सकारात्मक सहसम्बन्ध भएपनि उपलब्धिमूलक नरहेको कुरा तथ्याङ्क विश्लेषणबाट देखिएको छ । शिक्षकले नियमित गृह्यकार्य दिने र परीक्षण गरी पृष्ठपोषण दिने गरेका शिक्षकहरुको उपलब्धि अन्य शिक्षकको भन्दा उच्च रहेको पाइयो ।
अध्ययनले देखाएका निश्कर्ष र चुनौतिहरु
यस अध्ययनमा पाँच विषयको तथ्याङ्कका आधारमा धेरै निश्कर्षहरुमा पुग्न सकिए पनि विषयहरुबीच भएका निश्कर्षहरुमा समानता छन् । प्राप्त सबै निश्कर्षहरु यहाँ उल्लेख गर्न सम्भव नभएपनि मुख्य निश्कर्षहरु र ती निश्कर्षहरुको कार्यान्वयनका लागि देखिएका चुनौतिहरु निम्नअनुसार उल्लेख गरिएको छ ः
- अन्य विषयवस्तुको स्तर कायम गर्दै गणितमा वीजगणित तथा नेपाली र अंग्रेजिमा पढाइ र लेखाइको स्तर बढाउनु पर्ने ।
- पाठ्यपुस्तक र शिक्षक तालिमको पाठ्यक्रममा समस्या समाधान, तुलनात्मक अध्ययन, प्रकृयाहरुको विश्लेषण र संस्लेषण गर्ने जस्ता विषयवस्तुहरुलाई समावेश र कार्यान्वयन गरी शिक्षण सिकाइको स्तरोन्नती गराइ विद्यार्थीको सृजनशिलता र उच्च दक्षतामा वृद्धि ल्याउनु पर्ने ।
- न्यूनतम उपलब्धि स्तर कायम नभएका विद्यालयहरुमा स्रोत र सहयोगको उपलब्धताका लागि सम्यन्त्रहरु परिचालन गर्नु पर्ने देखिएकाले यस सम्बन्धमा थप अध्ययनको आवश्यकता महशुस भएको ।
- सामुदायिक विद्यालयहरुको उपलब्धिको स्तर वृद्धि गर्नका लागि सम्बन्धित सरोकारवालाहरुको संयोजकत्वमा वृहत र दीर्घकालिन योजना विकास गर्नुपर्ने आवश्यकता रहेको ।
- थारु, गुरुङ, शेर्पा, मधेशी भाषी समूदायको उपलब्धि वृद्धिका लागि जिल्ला तहमा विशेष सहयोग संयन्त्रको आवश्यकता रहेको ।
- बाबुआमाको शिक्षाको आवश्यकता सम्बन्धमा सचेतना कार्यक्रमहरु र खास गरी आमाहरुको साक्षरताका बारेमा सचेतना कार्यक्रमहरु अगाडी बढाउनु पर्ने देखियो जसमा खुला विद्यालय र विश्वविद्यालयको सञ्चालन र उपयोग गर्न सकिने ।
- राष्ट्रिय स्तरमा शैक्षिक उपलब्धिलाई वृद्धि गर्नका लागि विद्यार्थीहरुका लागि बाल श्रम न्यूनिकरण गर्ने रणनितिक योजना शिक्षा विभागबाट तयार हुनु पर्ने ।
- विद्यार्थीहरुलाई निर्धारित गरिएका उपलब्धिहरु निर्धारित समयमा नै हासिल गर्न सकुन भन्ने हेतुले खुद भर्ना दरलाई ध्यान दिनु पर्ने ।
- समय मै पाठ्यपुस्तक उपलब्ध गराउनका लागि दुर्गम क्षेत्रका लागि विशेष पहल हुनु पर्ने ।
- विद्यालयमा जात, क्षेत्र, लिङ्ग र अन्य कारणबाट हुने पक्षपातपूर्ण ब्यबाहारहरु जस्तै बुलिङ, भौतिक यातना वा कारबाही समप्त गर्नका लागि विशेष पहलहरु विभिन्न तहका तालिम, अभिमुखिकरण र सचेतना कार्यक्रमहरु स्थानीय स्तरमा सञ्चालन हुनु पर्ने ।
- माथिल्लो कक्षाहरुमा उपलब्धि वृद्धि गर्नका लागि तल्ला कक्षाहरुमा विशेष पहल र स्रोतहरुको उपलब्धतालाई वृद्धि गरिनु पर्ने ।
निश्कर्ष :
विद्यार्थीहरुलाई उनीहरुको ब्यक्तिगत आवश्यकता परिपुर्ति गर्न सक्ने र समाजका कुशल ब्यक्तित्व निर्माण गरी भावी दिनमा आइपर्ने हरेक समस्या सामन गर्न सक्ने, विश्व परिवेशमा सक्षम ब्यक्ति निर्माण गर्नुपर्ने शिक्षाको आजको आवश्यकता हो । विद्यार्थीको ] recall type प्रश्नहरुमा उपलब्धी उच्च भएपनि प्रयोग र उच्च दक्षता सम्बन्धमा कमजोर अवस्था पाइनु, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका आधारमा समेत उपलब्धिमा भिन्नता हुनु चुनौतिको रुपमा खडा भएको छ । खासगरी दलित र मधेशी समुदायका बालबालिकाहरुलाई विद्यालयको शिक्षा भन्दा हातमुख जोर्नुपर्ने बाध्यताले राष्ट्रिय उपलब्धि वृद्धिको अभियानमा अर्को चुनौति थपिदिएको छ । यस अध्ययनले देखाएको उपलब्धिको भिन्नताको अवस्था र सुधारका पक्षहरुमा यथासिघ्र योजनाबद्ध रुपमा कार्यान्वयन गरी अगाडी बढ्न सबै सरोकारवालाहरुको समन्वय र सहकार्यको आवश्यकता छ ।
keep it up
ReplyDelete