कक्षा ८ का विद्यार्थिले दिए शिक्षक र सबै सम्बद्ध निकायहरुलाई चुनौती

  शिक्षकहरुको विद्यालयमा भिडभाड छ । शिक्षकहरु हामीलाई जान्ने गरी   पढाउँदैनन् । पढाए जस्तो मात्र गर्दछन् । मात्र झारो टार्ने काम मात्र गर्दछन् । यस्तो अवस्थामा हामी कसरी सोधिएको प्रश्नको उत्तर दिन सक्दछौँ ?

    शिक्षा मन्त्रालयले शिक्षाको गुणस्तर परीक्षण गर्ने र शिक्षा क्षेत्रमा कार्यरत विभिन्न निकायहरुको कार्यसम्पादन परीक्षण गर्ने, विभिन्न अनुसन्धानहरु गर्ने र त्यसको नतिजाको आधारमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा मन्त्रालयलाई नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले २०६६ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना गरेको छ ।
       शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थिको राष्ट्रीय उपलब्धिको परीक्षण गरी शिक्षण र सिकाइमा रहेका समस्याहरु र सुधारका उपायहरुको अनुसन्धान गर्दछ । यसै क्रममा कक्षा ८ का विद्यार्थिलाई विज्ञान विषयमा सोधिएका प्रश्नहरुको उत्तरमा एकजना विद्यार्थिले यस्तो उत्तर दिएः
प्रश्नः किन क्लिनिकल थर्मोमिटरमा साँघुरो घाँटी बनाइएको हुन्छ ?

उत्तरः हाम्रो विद्यालयमा ११ जना सर र १२ जना मेडम छन् र तिनीहरु हामीलाई पराए जस्तो गरी पराउँछन् । नमस्ते बाइ बाइ ।

उक्त विद्यार्थिको उत्तरले इङ्गित गर्न खोजेको कुरा यस्तो छः शिक्षकहरुको विद्यालयमा भिडभाड   छ । शिक्षकहरु हामीलाई जान्ने गरी पढाउँदैनन् । पढाए जस्तो मात्र गर्दछन् । मात्र झारो टार्ने काम मात्र गर्दछन् । यस्तो अवस्थामा हामी कसरी सोधिएको प्रश्नको उत्तर दिन सक्दछौँ भनी प्रतिप्रश्न गरेका छन् । यस उत्तरले हामी शिक्षा क्षेत्रमा काम गर्ने, शिक्षण गर्ने र शिक्षकको अनुगमनमा खटिएका सबैलाई चुनौति दिएको छ । हामी आफ्नो कर्तव्य पुरा गरेका छैनौ तर गुणस्तरका कुरा गरिरहेका छौँ ।
      शिक्षकले नपढाए सम्म जे जसो गरेपनि शिक्षाको गुणस्तर सुध्रिने वाला छैन । कदापी । शिक्षक आँफै उत्प्रेरित भएर केही ठाउँमा पढाएका पनि छन् । तर त्यो केही विद्यालयहरुमा मात्र रहेको पाइएको छ । यो अवस्थाले एकातिर विद्यार्थिहरु शिक्षकप्रति कस्तो भावना लिएका रहेछन् भन्ने कुरा उजागर गरेको छ भने अर्को तिर समग्र नेपाली विद्यालयहरुको अवस्थालाई समेत चित्रित गर्दछ ।

यस अवस्थामा सुधार कहाँबाट सुरु गर्ने कसले के गर्ने कसले भनिदिने आफ्नो कर्तव्य पुरा नगर्नेलाई कसले काममा लगाउने ?  के यो समस्या केवल शिक्षकका कारण हो कि हामी पनि जिम्मेबार छौ ?
-Shyam Prasad Acharya


Share on Google Plus

0 comments:

Post a Comment