गैडाकोट नगरपालिकामा छत्रराज पौडेलको विजय पपुलर भोटबाट

छत्रराज पौडेल
देशभर चुनावको माहौल बनेको छ । पहिलो चरणको चुनावका अांशिक परिणामहरु आउन थालेका छन् । पछिल्लो पटक आएको नतिजा अनुसार गैडाकोट नगरपालिकाबाट एमालेका मेयरका उमेदबार छत्रराज पौडेल विजयी हुनुभएको छ । नेपाली काँग्रेसको वर्चस्व भएको मानिने गैडाकोट क्षेत्रमा पनि उनले अधिक मतले लिड गर्नुभएको थियो । तर अरु पदहरुमा भने नेपाली काँग्रेसले मत ल्याएको थियो । छत्रराज पौडेल निस्वार्थि भावबाट काम गर्ने समाजसेवी ब्यक्तित्व मानिनुहुन्छ । उहाँको जीतले एउटा असल मेयर पाएको छ भन्न सकिन्छ । उहाँका आगामी दिनहरु सफल र जनप्रेमी होउन हाम्रो पनि शुभकामना छ । छत्रराज पौडेलले सो क्षेत्रका नेपाली काँग्रेस लगायतका समर्थकहरुको समेत पपुलर भोट पाउनुभएको हो । अव सो क्षेत्रमा उहाँका जनपक्षीय कार्यहरु हुनेछन् भन्ने आशा गर्न सकिन्छ ।
- श्याम प्रसाद आचार्य
Share on Google Plus

0 comments:

Post a Comment