![]() |
| लेखकः Ambika Devi Sharma |
सारांश
यो आलेख सुस्तश्रवण र बहिरा विद्यार्थीहरुको सिकाइ तथा शिक्षणमा आधारित छ । बहिरा तथा सुस्त श्रवणहरुलाई शिक्षण गर्न संसारभर प्रचलित विधिहरु केके छन् साथै, बहिरा तथा सुस्त श्रवणहरुका सिकाइ र शिक्षणका सम्बन्धमा देखिएका समस्या, चुनौति र ती समस्या तथा चुनौतिको समाधानका लागि भावि कार्यदिशा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
(क) परिचय
सुस्त श्रवण र वहिरालाइ विभिन्न विद्धावान्हरुले विभिन्न तरिकाबाट परिभाषित गरेको पाइन्छ । जसमध्य नेपाल सरकार २००६ का अनुसार बहिरा भन्नाले जुन व्यक्तिले ८०db भन्दा माथिको आबाज सुन्न सक्दैन,बोल्न सक्दैन, साँकेतिक भाषाको माध्यमबाट संचार गर्छ त्यस्तो व्यक्तिलाई वहिरा भनिन्छ । सुस्त श्रवण भन्नाले जुन व्यक्तिले 60 db देखि 80 db विचको आवाज सुन्न सक्ने, वा थोरैमात्र सुन्ने, प्रष्ट बोल्न नसक्ने, सुन्नको लागी Hearing aid को प्रयोग गर्नुपर्ने व्यक्तिलाई परिभाषित गरेको पाइन्छ । त्यस्तै शैक्षिक परिभाषामा पनि फरक फरक तरिकाबाट परिभाषित गरेको पाइन्छ ।शैक्षिक परिभाषाहरु मध्ये Korean Act (2013) का अनुसार सामान्य भाषामा वहिरा भन्नाले सुन्ने अंग Damage भएको वा Hearing aid को प्रयोग गर्दापनि संचार गर्न ग्राहो भएको अवस्था शैक्षिक उपलब्धीि हाँसिल गर्न नसक्ने अवस्था हो भनि परिभाषित गरेको पाइन्छ । अमेरिकामा Individuals with Disability Education Act 2004 अगाडि सुस्त श्रवण, वहिरा र बहिरा-दृष्टिविहिन भनी तीन प्रकारले विभाजन गरिएको पाइन्छ । जसमा सुस्त श्रवण भन्नाले अस्थायी वा स्थायी रुपमा सुनाइ क्षमतामा विग्रिएको र शैक्षिक उपलब्धिमा नकरात्मक असर परेको भनिएको छ । त्यसैगरी बहिरा भन्नाले आवाजलाई ठूलो नबनाई सुन्न नसक्ने र सञ्चारको कारणाले सिकाइमा समस्या भएका मानिसहरु भनिएको छ भने बहिारा-दृष्टिविहिन भन्नाले दृष्टिमा समस्या भएकाहरु जसको सुनाइमा पनि समस्या छ शैक्षिक प्रगतिका लागि विशेष तालिम र विकासको आवश्यकता पर्छ भनी परिभाषित गरिएको छ ।
नेपामा 2068 को जनगणनानुसार वहिरा र सुस्त श्रवणको जम्मा संख्या ठढ,घण्ठ रहेको पाइन्छ । भने शिक्षा विभागका अनुसार 9289 सुनाइ सम्बन्धि समस्या भएका विद्यार्थीहरु आाधारभुत तहमा अध्ययनरत छन् (Daeyungjuyget. et. al, 2016) । यसको मतलव विधालय शिक्षाले निकै कम मात्र सुनाइ सम्वन्धि समस्या भएका विद्यार्थीहरुलाई विधालय तहको शिक्षामा ल्याउन सकेको छ । यस्तो हुनुमा सम्भावित कारणहरु सुनाइ सम्बन्धि समस्या भएका बालबालिकाहरुलाई विधालयमा आकर्षण गर्न नसक्नु, विधालयहरुमा उनिहरु अनुकुलको बातावरण नहुनु, विविध कारणले विशेष विधालयहरुमा उनिहरुको पँहुच नहुनु र वहिरा सँकृति अनुकुल व्यवहार नहुनुले पनि विद्यालयको मुल धारमा वहिरा तथा सुस्त श्रवण वालवालिकाहरुलाई पुर्ण रुपमा राज्यले समेट्न नसकेको देखिन्छ ।
शिक्षा मानिसलाइ शसक्तिकरण गर्ने एउटा माध्यम हो । शिक्षाले मानिसलाई सामाजिकिकरण हुन, आफ्ना दैनिक समस्या समाधान गर्न, रोजगारीका अवसरहरु प्राप्त गर्न र सम्पुर्ण पक्षबाट शसक्तिकरण गर्न मदत गर्दछ । शिक्षाको अभावमा ब्यक्तिमा भएका आन्तरिक क्षमताको प्रस्फुटन हुन पाउँदैन भने समाजमा निरिह भएर बस्नुपर्ने अवस्था रहन्छ । शिक्षााको अभावमा व्यक्तिको व्यक्तिगत वा सामाजिक दुवैपक्षको विकास हुन सक्दैन । अर्थशास्त्रका ज्ञाता भन्छन् स् रोजगारिका अवसर नपाए आम्दानी हुदैन, आम्दानी नभए भोकमरी लाग्छ, भोकभरी भए गरीवको दुश्चक्र चल्छ । यि तथ्यहरुले के कुरा प्रष्ट पार्छ भने समाजका हरेक व्यक्तिलाई शिक्षाको आबश्यकता पर्दछ ।
सुन्ने वा साधारण र वहिरा तथा सुस्त श्रवण विद्यार्थीहरुको सिकाईमा धेरै भिन्नता रहेको पाइन्छ । साधारण विद्यार्थीहरुलाइ सिक्न सुनाइबाट सजिलो हुन्छ भने वहिरा तथा सुस्त श्रवण विद्यार्थीहरु सुनेर सिक्ने अवसरबाट वञ्चित छन् । साधारण विद्यार्थीहरुमा भाषाको शुद्धता पाइन्छ भने सुस्त श्रवण तथा वहिरा विद्यार्थीहरुको लागी नसुनेको कारणले गर्दा भाषाको कमजोरी देखिन्छ, त्यस्तै वक्ताको कुरा वुझ्न तेस्रो व्यक्ति वा दोभाषेको सहायता लिनु पर्ने हुन्छ, साँकेतिक भाषाको प्रयोगबाट सम्पुर्ण कुराहरु वुझ्नुपर्ने हुन्छ जुन भाषाको ज्ञान सबै व्यक्तिमा हुदैन । यस्ता विविध कारणले गर्दा सिकाई उपलव्धिमा कठिनाई उत्पन्न हुन जान्छ ।
(ख) बहिरा तथा सुनाइ समस्या भएका बालबालिकालाई शिक्षण गर्न प्रयोग हुने प्रचलित विधिहरु
विशेषगरी सुनाई सम्वन्धि समस्या भएका बालबालिकाहरुलाई शिक्षण गर्दा समय, पाठ्यवस्तु, वातावरण लगायत विभीन्न विधिहरुको प्रयोग गरि शिक्षण गरेको पाइयो । यसमा पनि विभिन्न देशको उचबअतष्अभ लाई हेर्दा मुख्य रुपमा चार किसिमका विधिहरुको प्रयोग गरि सिक्षण सिकाई गर्ने गरेको पाइयो । ती विधीहरु
- Oral approach,
- Sign language approach,
- Total communication approach and bilingual-bicultural (BiBi) approach हुन जुन निम्न अनुसार रहेका छन्ः
तरिका १. मौखिक विधि (Oral Approach)
सुस्त श्रवण तथा वहिराहरुको लागी ओठको चाल,बोली,मुखको आकार र सास फेराइको तरिका अध्ययन गरी साँकेतिक भाषा विनानै सिकाउने तरिका हो । १८ औं शताव्दीमा अमेरिकाबाट सुरु भएको यो विधि मानिए पनि १५ औं शताव्दीको मध्यतिर स्पेनबाट सुरु भएको पाइन्छ । यो विधी सबैभन्दा पुरानो विधि मानिन्छ । यो विधिले साँकेतिक भाषालाई विस्थापित गर्न खोजीएपनि यसबाट पुर्ण संचार गर्न नसकिएकोले समयको माग र विभिन्न खोज अनुसन्धानबाट अन्य विधिहरुको अवलम्वन गर्न सुरु गरियो । नेपालमा पनि वि.सं. १९६७ देखि बहिरा शिक्षाको सरुवात भएको पाइन्छ । त्यस समयमा Oral approach को माध्यमबाटनै शिक्षण गर्दै आएको पाइन्छ । यो विधिमा Hearing aid को प्रयोग गर्न सकिन्छ, जसबाट सबैभन्दा पहिला सो को प्रयोगबाट सुनिने आवाजलाई पहिचान गराइन्छ । त्यसपछि वातावरणका आबाजहरु छुट्याउन लगाइन्छ ,र अन्तमा बोलिएका शव्दहरुको विभेदिकरण गर्न लगाइन्छ ।यो विधिमा ओठको चाल र त्यसको आकारको पहिचान धेरै महत्वपुर्ण हुन्छ। तर ओठबाट मात्र शव्द पहिचान गर्न कठिन हुन्छ । यो अवस्थामा बोलीएको पुर्ण वाक्य दोहोराएर सन्दर्भ पुन बुझाएपछि सो शब्द पहिचान गर्न सहज हुन्छ ।तरिका २. संकेत विधि (Sign Language Approach)
औंला, हाउभाउ आदिको अवस्थामा परिवर्तन गर्दै संकेत गरेर संचार गर्ने प्राकृतिक विधिनै साँकतिक भाषा हो । यस भाषामा आ आफ्नो सँस्कृति अनुसार फरक फरक तरिकाले संकेतहरु वनाइएका हुन्छन् । तर पनि फरक फरक सँकेतहरुपनि एक अर्कामा घुलमिल हँदै जाँदा विस्तारै बुझ्न सकिन्छ सुस्त श्रवण मानिसहरुको लागी भने यो भाषा खास उपयोगी मानिदैन, तर बहिराहरुको लागी भने पुर्ण संचारको लागी मातृभाषा नै हो । साँकेतिक भाषाका निर्माणकर्ताहरु भन्छन् छोटो समयमा कसैले बनाइदिएको भाषा भन्दा निरन्तर समुदायले प्रयोग गर्ने सँकेतहरुलाईनै साँकेतिक भाषाको रुपमा प्रयोग गर्नुपर्छ । तर प्रविधिक शब्दहरुको हकमा यो कुरा पनि लागु नहुन सक्छ । यो भाषामा Lexical र grammatical अर्थ हुन्छ । जसमा शब्द र आबाज दिइन्छ जसलाई Semi linguistic पनि भनिन्छ र कतै शब्द विनानै दिइन्छ जसलाई Non-linguistic भनिन्छ । साँकेतिक भाषाका प्रमुख सिमितता भाषाको व्याकरण हो (Insu Park)। Finger spelling लाई साँकेतिक भाषा भन्दा फरक तरिकाले लिइन्छ जसमा औलाहरुको आकार र स्थान परिवर्तन गर्दै स्वर वर्ण तथा ब्यञ्जन वर्णको विभेद गराउँदै साधारण बोलचालको भाषाकै प्रयोगको तरिका बाट सञ्चार गरिन्छ । आधिकारिक संचार र वैयाकरणीय सुद्धताका लागि यो तरिका प्रभावकारी रहेको छ ।तरिका ३. पूर्ण सञ्चार विधि (Total Communication Approach)
पूर्ण सञ्चार विधि ९त्यतब िअयmmगलष्अबतष्यल बउउचयबअज०स् पूर्ण सञ्चार विधि भन्नाले बहिराहरुलाई शिक्षण गर्ने त्यस्तो विधि हो जसमा संकेत, आवज, बगमष्तयचथ तययकि , लेखाइ र दृश्य साधनहरु साथसाथै प्रयोग गरी प्रभावकारी संचार गरिन्छ ।
चित्रः पूर्ण संचार विधि
पूर्ण सञ्चारमा एउटा मात्र विधि प्रयोग हुँदैन । तर उपलब्ध सबै तरिकाहरुको उपयुक्त सम्मिश्रणबाट सञ्चार गरिन्छ । दृष्य, श्रब्य दृष्य र सेन्स विधिहरु बाट सञ्चार गर्न खोजिएको कुरालाई बुझ्न सहयोग गर्दछ ।
तरिका ४. द्विभाषिक, द्विसाँस्कृतिक (Bilingual, Bicultural - BiBi Approach)
यो विधि अनुसार सांकेतिक भाषालाई मातृभाषाको रुपमा लिइन्छ भने साधारण बोलचाल र लेखाइको भाषालाई द्धितिय भाषाको रुपमा लिइन्छ । बहिराहरुको आफ्नै संस्कृति हुन्छ । विभिन्न साँस्कृतिक पृष्ठभूमिबाट आएका बाहिरा रु भए पनि बहिराको आफ्नै संस्कृतिलाई स्वीकार्दै सोही अनुसारको ब्यबाहार र सांकेतिक भाषाको मिश्रण गरी संचार गरिने विधि नै द्यष्द्यष् विधि हो ।(ग) समस्या र चनौतिहरु
संसारमा बहिराहरुको समस्या भनेको भाषाको सिमिताता नै हो । यसबाहेक अन्य शारिरिक र बौद्धिकतामा भिन्नता हुँदैन । बोल्न र सुन्न नसक्नुले साधारण ब्यक्तिसँग सञ्चार गर्न नसक्नु र साधारण ब्यक्तिले संकेत गर्न नसक्नुले सञ्चारको प्रभावकारितामा समस्या खडा गरेको छ । भाषागत रुपले हेर्दा विभक्तिहरु, काल, निपात तथा अंग्रेजिमा ब, बल, तजभ जस्ता कुराहरु मिलाएर संचार गर्न कठिन भएकाले ब्याकरणीय सुद्धता कायम गर्नु अर्को चुनौति हो । धेरै ब्यक्तिहरुसँग संचार गर्न नपाउनु, प्राथमिकतामा नपर्नु, अवसरहरु नपाउनु, आदि कारणले आन्तरिक र बाह्य क्षमताको प्रस्फुटन हुन नपाउनु, बहिराहरुको विशेष आवश्यकता पहिचान गरी सोही अनुसारको पाठ्यक्रम, शिक्षण विधि र पाठ्यसामग्रिहरुको विकास तथा प्रयोग हुन नसक्नु यसका अन्य समस्या र चुनौतिहरु हुन् । नेपाल सरकारसँग समेत बहिरा विद्यार्थीहरुको शिक्षाको लागि खास मार्गदर्शन, तालिम र प्रविधि सम्बन्धी नीति तथा कार्यक्रम छैन । यसको कारण शिक्षकले जे जती जानेका छन् र जती उत्प्रेरणा छ सोही अनुसारको शिक्षण गर्दै आएका छन् ।(घ) भावी कार्यदिशा
विशेष आवश्यकता भएका बालबालिकाहरु जसमा मूख्य बहिरा बालबालिकाहरुका लागि विशेष पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन प्रविधिको विकास गरी प्रयोगमा ल्याउन पर्दछ । पूर्ण सञ्चार विधिको प्रयोग गरी प्रभावकारी शिक्षण गर्न शिक्षकहरुलाई स्रोत साधन र तालिमको ब्यवस्था गर्नु पर्दछ । सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोग गरी उपयुक्त सिकाइ वातावरण प्रदान गर्नु पर्दछ । बहिराहरुको संचार क्षमता, सामाजिकिकरण, बहिरा स्रस्कृति आदि कुराहरुको विकास र प्रवर्धनको लागि सबै पक्षहरुबाट उत्प्रेरण, सहभागिता, समावेशिता, समता आदि माध्यमबाट राज्यको हरेक संयन्त्र, सेवा सुविधा र अवसरमा साधारण ब्यक्तिहरु सरह अनुभव र अनुभुति गर्ने बातावरणको अनिवार्य ब्यवस्था हुनु पर्दछ जसका लागि नेपाल सरकारले यससम्बन्धी नीतिगत स्पष्टता लिनु पर्दछ । शिक्षकहरुका लागि विशेष खाल्का राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार, गोष्ठी, प्रविधिहरुसँग परिचित गराउनुका साथै शिक्षणमा निरन्तरता दिनका लागि पेशाको सुरक्षा र मूल प्रवाहिकरण जस्ता पक्षहरुमा ध्यान दिइनु पर्दछ ।(ङ) निश्कर्ष
प्रकृतिक रुपमा नै मानिसहरुमा मानसिक र शारिरिक क्षमतामा भिन्नता हुन्छ । प्रत्येक ब्यक्तिमा केही न केही विशेष क्षमता अन्तरनिहित हुन्छ । त्यो क्षमता पहिचान गरी विकास गर्न सकेमा हरेका किसिमको क्षमता भएका ब्यक्तिहरुले आफ्नो देशका लागि योगदान गर्न सक्छन् र आफ्नो दैनिक जीवन यापनका लागि पर्याप्त क्षमता प्रदर्शन गर्न सक्छन् । बहिराहरुसँग पनि आफ्नो अन्तरनिहित क्षमता अन्यब्यक्तिहरु सरह हुन्छ भन्ने कुरा भुल्नु हुँदैन । ती क्षमताहरुको विकास गराउनका लागि उनीहरुसँग गरिने संचार, प्रयोग गरिने शिक्षण विधि, पाठ्यक्रम र ब्यबाहार सकारात्मक हुनु पर्दछ । आधुनिक शिक्षाका प्रविधि तथा विशेष शैक्षणिक प्रविधिहरु प्रयोग गरी शिक्षण सिकाइ संचालन गर्नु आजको प्रमुख आवश्यकता हो । उनीहरुले निश्चित तहको अध्ययन पुरा गरेपछि राज्यका विभिन्न संयन्त्रमा बहिराहरुको पहुँच सुनिश्चित भए मात्र उनीहरुलाई शिक्षण सिकाइमा जाँगर र उत्प्रेरणा बढ्दै जाने र साधारण ब्यक्ति सरह शिक्षा लिन र दिन सक्ने कुरामा दुइमत छैन ।लेखक Ambika Devi Sharma - बहिराहरुलाई शिक्षण गर्ने शिक्षक हुनुहुन्छ ।
(Printed in - Golden Jubli Journal of Central High School for Deaf, Kathmandu Nepal)


बहिरा र सुस्त श्रवण, तिनीहरुका लागि शैक्षणिक प्रविधि, समस्या, चनौति र दीर्घकालिन समाधानका बारेमा राम्रो लेख रहेछ ।
ReplyDelete