सुस्वास्थ्यका लागि गर्न सकिने महत्वपूर्ण सुझावहरु

हामी इज्यत, प्रतिस्ठा, पैसाका लागी कति ध्यान दिएका हुन्छौँ तर स्वस्थ हुन नसके यी सबै कुरा बेकार हुन सक्छन् । जति स्वस्थ शरिर उती सुखी जीवन हुन सक्छ । त्यसैले स्वस्थ जीवनका लागि हामीले दैनिक गरीने ब्यबाहारमा थोरै विचार पुर्‌यायौँ भने स्वस्थ बन्न सक्छौँ । यी सुझावहरु अनुसरण गर्न थप बजेट वा समयको आवश्यक पर्दैन तर दैनिक क्रियाकलापहरुको छनोटमा थोरै विचार मात्र पुर्याउऔँः
      विहान उठ्नेवित्तिकै शरिरको तनाक तुनुक हुने खाल्को ब्यायम (Exercise) गर्नुहोस्। यस्तो अभ्यासले शरिरमा रक्तसञ्चार, पाचनशक्ति बृद्धि हुन्छ साथै ढाड दुख्ने समस्याबाट आराम मिल्दै जान्छ । विहानै व्रेकफास्ट लिनेः अनुसन्धानहरुले विहानैको नास्ताले मोटोपना घटाउने देखि शरिरमा स्फुर्ति हुने जस्ता फाइदाहरु छन् । व्रेकफास्टमा हलुका खानेकुराहरु जस्तै ताजा फलफुल, दही, चोक्कर भएको टोस्ट, उमालेको अन्डा जस्ता कुराहरु राम्रो हुन्छ । चोक्कर भएको पाउरोटी वा टोस्ट उपलब्ध नभएमा नेपाली गहुँ , फापर वा गहुँको पानीरोटी (pan cake) पनि लिन सकिन्छ जुन थोरै मात्र खाने । यसबाट मोटोपना र शरिरको वजन घटाउन सकिन्छ ।
दाँत ब्रस गर्नेः दाँत व्रस गर्दा दाँत र पुरै शरिरको स्वास्थ्य सुधार गर्न सकिन्छ । धेरै मानिसहरु दाँत ब्रस नगर्ने वा गलत तरिकाबाट गर्ने गरेको पाइन्छ जसबाट या त दाँतमा किरा लाग्ने वा सडन हुने, दाँतको इनामेल जाने र दाँत खस्ने सम्मको समस्या हुन्छ भने खाना खाएपछि दाँत माझिएन भने खानाको कारणले दाँतमा ब्याक्टेरीयाहरुले आक्रमण गर्दछन् । नरम ब्रसले तल माथि र घुमाउरो घुमाएर दाँत माझ्न सकिन्छ । ब्रस महिनै पिच्छे बदल्न सकिन्छ । मगजलाई नयाँ पना दिनेः काम गर्ने तरिका, फरक हातले दाँत माझ्ने, हिड्ने रुट परिवर्त, जस्ता कुराले दिमागमा नयाँ ताजगी आउँछ । यस विधिलाई neurobics भनिन्छ । यसले दिमागको उपभोग हुन नसकेको भागको उपयोग हुन पाउँछ भनी बैज्ञानिकहरु बताउँछन् । जुन विरामीले भगवानको प्रार्थना गर्ने गरेका छन् उनीहरु छिटो निको भएको कुरा डाक्टरहरुको अध्ययनले देखाएको छ । त्यसैले भगवान वा अदृश्य शक्तिमा विश्वास गर्नु मानिसको लागी फाइदाजनक भएको पाइयो ।
उपाहार दिने र लिने गर्नु, वासनादार खानाहरु जस्तै- लसुन, प्याज, स्पृङ् प्याज जस्ता खानेकुराहरु खाने जसले रोग प्रतिरोधी क्षमता र रोकको उपचार हुने गुण हुन्छ । एक ग्लास रातो वाइन, हरियो चियाले एन्टिअक्सिडेन्टको काम गर्छ । क्याल्सियमको लागि दुध, हड्डिको सुफ आदि खाने । अमिला फलफुलहरु जस्तै- वेरीहरु, रातो अंगुर आदिले मुटलाई राम्रो गर्छ ।

रातो र हरियो खुर्सानीले शरिरलाई सकृय राख्छ । गोलभेडा पनि एन्टिअक्सिडेन्ट नै हो ।  तनाव ब्यवस्थापन गर्ने । भिटामिन सी पाउने खानाहरु धेरै खाने । खसीको कलेजो, हरिया तरकारहरु र सुख्खा फलफुलहरुले फोलिक एसिड र धेरै अरु मिनेरलहरु दिन्छन् । भिटामिन A र आइरन पाउने खानाहरु खाने । कोकाकोला, फ्यान्टा जस्तो सफ्टड्रीङ्कहरुले स्वास्थमा असर गर्दछन् । त्यसैले यीनको सट्टा सुद्ध पानी पिउनु नै राम्रो हुन्छ ।
दैनिक आधा घन्टा छिटोछिटो पसिना आउने गरी हिड्ने । भजन वा गीत लगाएर दैनिक १५ मिनेट देखि आधा घन्टा नाच्नाले मन मस्तिस्कमा ताजगी र शरिरमा exercise हुन्छ । कसरत गरेको आधा घन्टाभित्र कार्वोहाएड्रेट हुने खाना खानु हुँदैन । चुरोट र रक्सी वास्तवमा नखानुहोस् । यिनले तपाइलाई समाज र परिवारमा नकरात्मक प्रभाव राख्दछन् भने स्वास्थ्य विग्रीने प्रमुख कारण पनि हुन् । खाना पकाउँदा मन्द आगोमा पकाएर खाने गर्दा खाना रसिलो र स्वस्थ हुन्छ । जति धेरै तामक्रममा पाकेको खाना उती धेरै खराव खाना । हाँस्नु र रुनुले मानसिक र शारिरक रुपमा स्वस्थ रहन सहयोग गर्दछन् । चिनी र नूनको मात्र एकदम कमी गर्ने । आनन्द लिनुहोस् । मस्त निदाउनुहोस् ।
Be healthy! Be happy! Be smart!!!

(यस सम्बन्धमा थप अध्ययनका लागि www.health24.com जान सक्नु हुनेछ ।)
Share on Google Plus

0 comments:

Post a Comment