मुलुकको इज्यत बचाउने दायित्व शिक्षकको - सन्दर्भ शिक्षकको पेशागत विकास

"अभिभावक, नागरिक समाज वा कर्मचारी, जो सुकैले शिक्षकलाई गाली गरेर आफ्नो इज्यत बचाउने प्रयास गरेका हुन्छौँ । के घरको सदस्यको इज्यत जाँदा अरुको इज्यत रहला ? हाम्रोमा प्रणालीले काम नगरेको अवस्था हो । Teacher effect 68% हुनुको अर्थ यस्तै लगाउन सकिन्छ । राजनैतिक दलहरु शिक्षाप्रति कत्ति पनि संवेदनशिल छैनन भन्ने कुरा विभिन्न घटनाक्रमले देखाएका छन् । शिक्षा सेवाका कर्मचारीहरुमा समेत ठूलो असन्तुुस्टिले छाएको छ । अहिले प्रणालिले काम नगरेको अवस्था भएको हुनाले शिक्षकले आफुलाई आत्मसन्तुष्टिको लागि मात्र नभएर देशको नै इज्यत बचाउन समेत आफ्नो पेशागत विकास गर्नु जरुरी छ । अन्यथा शिक्षक पेशा एकातिर इज्यत नहुने पेशामा दर्ज हुनेछ भने नेपालको लगानी पानीमा बालुवा खनाएजस्तै हुनेछ ।" 

your Profile Photo, Image may contain: 1 person, closeup
Shyam Prasad Acharya
साराँसः 
यस लेखमा शिक्षकको पेशागत विकास के हो, किन आवश्यक छ र यसका प्रावधानहरु केके छन् भन्ने विषयवस्तुलाई मुख्य रुपमा उल्लेख गरिएको छ भने शिक्षकको पेशागत विकास किन महत्वपूर्ण छ भन्ने बारेमा समिक्षा गरिएको छ ।

पृष्ठभूमी
शिक्षण कला र विज्ञान दुबै हो । यसका लागि भिन्नै सक्षमताहरु अावश्यक हुन्छन् । शिक्षाको गुणस्तरमा नेपालले खासै प्रगति गर्न नसकेको हुनाले यसको दोष शिक्षकहरुमाथि आउनु स्वभाविक छ । तथापी शिक्षकमात्रको पहलमा शिक्षाको विकास सम्भव छैन । प्रणालीगत रुपमा हेर्दा पनि शिक्षक धेरै लगानिका शिर्षकहरुमध्ये एक हो भने प्रकृयामा पनि शिक्षक एउटा पत्र हो । तर जुनसुकै पात्रले काम गरेपनि शिक्षणको चालक चाही शिक्षक नै हो । त्यसैले पनि होला नेपालमा शिक्षक सक्षमता प्ररुप २०७२ अनुसार शिक्षकहरुका सक्षमता भनी विषयवस्तुको ज्ञान देखि शिक्षकमा हुनुपर्ने अन्य ज्ञान तथा सीपहरुको ब्याख्या गरेको छ । कक्षामा विद्यार्थिको मनोविज्ञान बुझेर उनीहरुको चौतर्फि विकास गर्न कस्तो शिक्षक चाहिन्छ भन्ने आधारमा ती सक्षमताहरु परिभाषित गरेको पाइन्छ । विभिन्न क्षेत्रको ज्ञान तथा सीपहरु जस्तैः विषयवस्तुको ज्ञान (Content knowledge),       शिक्षणको तौर तरिकाको ज्ञान (Pedagogical skill),  वालवालिका सम्बन्धी ज्ञान (Child psychology), सिकाइ वातावरण तथा कक्षा व्यवस्थापनको सीप (Learning environment and classroom management), संचार सीप र सहकार्य (Communication skill and group work),  निरन्तर सिकाइ र पेशागत विकास (Continuous learning and professional development), कानूनी आधार तथा पेशागत आचार संहिता (Legal base and professional code of conduct), सूचना तथा संचार प्रविधि (Information and Communication Technology) हरु नै आठओटा सक्षमताहरु हुनु पर्ने बताइएको छ ।   

शिक्षकहरुमा उपर्युक्त आठ प्रकारका सक्षमता विकास गर्न शिक्षकहरु निरन्तर आफ्नो पेशागत विकासमा लागिरहनु पर्दछ । शिक्षण पेशा अन्य पेशाजस्तो एक पटक सिकेपछि जीवनभरका लागि भरपुर हुँदैन । ज्ञानको विष्फोटन र अनुसन्धानहरुबाट दैनिक जसो हजारौँ विषयमा नयाँ नयाँ कुराहरुको उत्पत्ति र उत्पादन भएको हुनाले आजको विश्वमा आँफुलाई बचाइ राख्न र प्रतिस्पर्धा गर्न नवयूवाहरुमा नयाँ नयाँ ज्ञानसीपसोच्ने तरिका र अभिवृत्तिको विकास हुनु जरुरी छ । ती नवयूवाहरुमा यस्तो क्षमता विकास गराउन शिक्षकले आँफुलाई सधै भरी अद्यावधिक बनाइ राख्नुपर्दछ । जुन कुरा शिक्षकको पेशागत विकाससँग सम्बन्धित छ ।



शिक्षकको पशागत विकास
शिक्षकको पेशागत विकास भन्नाले शिक्षक निरन्तर आँफुलाई ज्ञान, सीप र अभिवृत्तिको विकासमा लागिरहुन् र आफुलाई सधै अद्यावधिक गर्न सकुन भन्ने बुझिन्छ । पेशागत विकासका लागि शिक्षकहरुलाई तालिम, सेमिनार, बैठक, सहकर्मीमाझ छलफल र अन्तरकृया, अनुभव आदान प्रदान तथा सूचना तथा संचार प्रविधि र अध्ययनका अन्य साधनबाट नयाँ नयाँ ज्ञान र सीपहरु विकास गर्नु पर्दछ । ज्ञान र शिक्षकको पेशागत विकासको प्रारुप २०७२ जारी भएको छ जसले तालिमलाई क्षमता विकास र वृत्ति विकाससँग जोड्न खोजेको छ ।
नेपालमा अहिले शिक्षक तालिमलाई ३० दिने बनाई यसलाई दुइ भागमा बाँडिको छ । १५ दिन ‌+ १५ दिन । पहिलो १५ दिनको सुरुका १० दिन तालिम स्थलमा Face to face तालिम हुन्छ भने ५ दिन क्रेडिट बराबरको विद्यालयमा आधारित अभ्यास कार्य दिइन्छ ।  अर्को १५ दिनको तालिम अर्को बर्ष वा आगामी बर्षहरुमा हुन्छ जसलाई १० दिन बिषयगत दक्षता वृद्धि, स्थानीय आवश्यकता र पेशागत सीप विकास गरिन्छ भने बाँकी ५ दिन पहिलो मोड्युलमा जस्तै विद्यालयमा आधारित अभ्यास नै हुन्छ । शिक्षकहरुले विद्यालयमा आधारित २ दिने मोड्युलर तालिमको पनि माग गर्न सक्ने ब्यवस्था छ ।
पेशागत विकासको मूल्याङ्कन
शिक्षकको मुल्याङ्न उनले पढाएका विद्यार्थिको उपलब्धिबाट हेर्न सकिने कुरा हो । तथापी पेशागत विकास तालिमको मुल्याङ्कनको सम्बन्धमा पेशागत विकास प्रारुपमा निम्नअनुसारको व्यवस्था गरिएको छः
१०० पूर्णाङ्कको मुल्याङ्कन हुन्छ जसमा पहिलो चरणको तालिममा तालिमकेन्द्रमै ४० अंक र विद्यालयको अभ्यास वापत १० अंक छुट्याइएको हुन्छ । तालिम केन्द्रको ४० अंकमा शिक्षकको उपस्थितिलाई ३ अंक, अनुशासन र हाउस रुल वापत २ अंक, तालिमक कक्षामा समूह कार्य, ब्यक्तिगत कार्य, गृह्यकार्य आदिमा रुची र दक्षता वापत १० अंक पाउने ब्यवस्था छ । बाँकी २५ अंकको परीक्षा संचालन हुन्छ जसमा १० अंकको वहुबैकल्पिक प्रश्न, ५ अंकको छोटो उत्तर आउने प्रश्न र ५ अंकको एउटा लामो उत्तर आउने प्रश्न सोधिने ब्यवस्था छ । प्रारुपमा नभए पनि ब्यबाहारिक रुपमा पूर्णाङ्क थप घट गरियो भने पनि अंक चढाउने बेलामा यही आधारमा परिवर्तन गरी राख्न सकिन्छ ।
विद्यालयमा गरिने अभ्यास कार्य र मूल्याङ्कनका आधारहरु पति प्रारुपले दिएको छ । शिक्षकले प्रतिवेदनको समग्र स्वरुप र स्तरियता, कक्षा अवलोकन र प्राप्त पृष्ठपोषणको कार्यान्वयन भएको पुष्ठी, पन्ध्रओटा पाठ योजनाको खाका र तोकिएको पदाधिकारीबाट प्रतिवेदन प्रमाणित हुने व्यवस्था छ ।
विशेष शिक्षा विद्यालयका शिक्षक तथा स्रोत शिक्षकका लागि एकै पटकमा २ चरणका तालिम संचालन गरिएको खण्डमा तालिम केन्द्रमा ८० अंक र विद्यालयमा २० अंकको मुल्याङ्कन गरिनेछ ।
श्रेणी विभाजन
९० प्रतिशत भन्दा माथि è विशिष्टता सहित प्रथम श्रेणी
७५ प्रतिशत देखि ९० प्रतिशतसम्म è प्रथम श्रेणी
६० प्रतिशत देखि ७५ प्रतिशतसम्म è द्वितीय श्रेणी
 ५० प्रतिशत देखि माथी è सफल
पास हुनका लागि ५० अंक ल्याउनै पर्ने प्रावधान रहेको छ ।
यसरी शिक्षकलाई मुल्याङ्कन गरिएपछि शिक्षकको वृत्ति विकासमा उक्त श्रेणिलाई गणना गर्ने प्रावधान राखिएको छ । 

यो मुल्याङ्कनको व्यवस्थाले शिक्षक आफ्नै वृत्ति विकासका लागि भएपनि सिकाइमा लागि पर्नेछन् भन्ने मान्यता राखिएको हुनु पर्दछ । यसरी गरिने मुल्याङ्कन तालिमको तत्कालको मुल्याङ्कन मात्र हो । तालिमको खास मुल्याङ्कन भनेको शिक्षकले उत्पादन गरेका शिक्षकको ज्ञान, सीप, ब्यबाहार र अभिवृत्तिमा आएको परिवर्तन हो । शिक्षकले आफ्नो दक्षता कुनै एउटा तालिमबाट विकास हुनै सक्दैन । यो त शिक्षकका खास समस्या भएमा सहयोग गर्ने माध्यम मात्र हो । शिक्षक आँफै निरन्तर सिकाइमा लाग्नु बाहेको शिक्षकको पेशागत विकासको राम्रो विकल्प अरु छैन । आजको सूचना प्रविधिको यूगमा इन्टरनेटमा चाहरेर सिक्ने अवसरहरु लाखौँ छन् । उपयोगका लागि इच्छा र जाँगर भए पुग्दछ ।

समिक्षा 
>
शिक्षकको विकास नभए पक्कै पनि हाम्रा नयाँ पिँढिहरु परम्परागत ढंगको भविश्यमा काम नलाग्ने विषयवस्तु घोकेर बस्नेछन् तर विश्व धेरै अगाडी बढीरहेको हुनेछ । घोकेको र कन्ठ गरेको कुरा दैनिक जीवनमा खासै काम लाग्ने कुरा हैन । तर उनीहरुको क्षमता विकास भएमा मात्र आफ्नो जीवनमा आइपर्ने समस्यासमाधान गर्न सक्दछन् । यूरोपतिर, उदाहरणका लागि फिनल्यान्ड विश्वमा नं‍. १ शिक्षा भएको देश मानिन्छ । त्यहाँका शिक्षकहरु फराकिलो पाठ्यक्रमबाट आफ्नो विद्यार्थिलाई आवश्यक ज्ञान र सीप विकास गर्न आँफै पाठ्यवस्तु र पाठ्यक्रम छनोट गरि पूर्ण क्षमता विकास गराउँछन् । जापानमा शिक्षकहरु हरेक दिन वेलुका दिनभरीको आफ्नो शिक्षणको समिक्षा गर्दछन् सहपाठीहरुसँग र भोलिपल्ट विहानै गएर सो दिनको तयारी गर्दछन् । कोरियामा शिक्षा धेरै तकडा छ । TIMSS र PISA जस्तो अन्तराष्ट्रीय परीक्षणहरुमा फिनल्यान्ड, कोरिया, हङ्कङ जस्ता देशहरु धेरै अगाडी छन् । उनीहरु अगाडी पुग्नुको एउटै कारण शिक्षकहरुको पेशागत विकास, शिक्षकहरुको लगाव र मेहनत, अभिभावकहरुको सचेतना तथा सरकारको भरपुर लगानी । हाम्रो देशमा सरकारको लगानी शिक्षक तालिममै खर्च हुने हुनाले अन्य सुविधा पुर्याउन सकिएको छैन । त्यसैले एकमात्र बुटी शिक्षक नै हुन् । शिक्षक राम्रो भए र मेहनत गरेभने सिकाइ सप्रियो अन्यथा विग्रियो, सिधा कुरो छ । फिनल्यान्डको नै कुरा गर्दा एउटा शिक्षकले त्यहाँ निकै मेहनत गर्यो भने फरक गर्न सक्ने स्पेस १० देखि १२ प्रतिशत सम्म हो भनिएको छ भने नेपालमा एउटा शिक्षकले ६८ प्रतिशत प्रभाव पार्दछ भनी शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रकाशित गरेको NASA प्रतिवेदन २०११ देखाइएको छ (See the chapter teacher effect. http://www.ero.gov.np/article/148/nasa-report-2011.html.)। सरकारको भुमिका खासै नदेखिएको अवस्थामा देशको इज्यत बचाउने जिम्मा शिक्षकहरुको नै देखिएको छ । 

हामी अभिभावक, नागरिक समाज, कर्मचारी, जो सुकैले शिक्षकलाई गाली गरेर आफ्नो इज्यत बचाउने प्रयास गरेका हुन्छौँ । के घरको सदस्यको इज्यत जाँदा अरुको इज्यत रहला ? हाम्रोमा प्रणालीले काम नगरेको अवस्था हो । Teacher effect 68% हुनुको अर्थ यस्तै लगाउन सकिन्छ । शिक्षण संस्थाहरुमा धेरै राजनीति भयो भन्ने कुरा पनि त्यतिकै मननयोग्य छ । राजनैतिक दलहरु शिक्षाप्रति कत्ति पनि संवेदनशिल छैनन भन्ने कुरा विभिन्न घटनाक्रमले देखाएका छन् । शिक्षा सेवाका कर्मचारीहरुमा समेत ठूलो असन्तुुस्टिले छाएको छ । अतः अहिले प्रणालिले काम नगरेको अवस्था भएको हुनाले शिक्षकले आफुलाई आत्मसन्तुष्टिको लागि मात्र नभएर देशको नै इज्यत बचाउन समेत आफ्नो पेशागत विकास गर्नु जरुरी छ । अन्यथा शिक्षक पेशा एकातिर इज्यत नहुने पेशामा दर्ज हुनेछ भने नेपालको लगानी पानीमा बालुवा खनाएजस्तै हुनेछ । 


Share on Google Plus

0 comments:

Post a Comment