![]() |
| मन्जु बस्याल, लेखक |
म स्थायी शिक्षकमा नियुक्त भइ शिक्षण गर्न लागेको एक बर्षको
हाराहारीमा मात्र भएको छ । मैले कसरी सामुदायिक विद्यालयमा शैक्षिक उन्नति गर्न
सकिन्छ भन्ने बारेमा नियाल्दा धेरै समस्या र चुनौतिहरुका बाबजुद पनि केही गर्न
सकिन्छ भन्ने उज्याला पक्षहरु पनि देखेको छु, जुन यस लेखमा उल्लेख गर्ने जमर्को गर्दैछु ।
सामुदायिक विद्यालयमा देखिएका विद्यमान अवस्था
·
विद्यालयमा पठनपाठनका लागि प्रणाली परम्परागत शिक्षण प्रणालीमा रहेको पाईयो ।
·
तालिममा सिकेको कुरालाई कक्षाकोठामा नपु्याएको पाईयो अवस्था
·
शैक्षिक सामाग्रीलाई महत्व नदिईएका ।
·
अभिभावकले आफ्ना केटाकेटीको शिक्षाको महत्व बुझ्न नसकेको ।
·
अधिकांश शिक्षकका (सामुदायिक स्कुलक) छोराछोरी संस्थागत विद्यालयमा पढेको
पाईयो ।
·
शिक्षकले आफैंले पढाउने विद्यालयप्रति विश्वास कम गरेको पाईयो ।
·
विद्यालयको बार्षिक योजनामा सबै शिक्षकहरुलाई समावेश नगराईएको पाईयो ।
·
विद्यार्थीले नियमित रुपमा गृहकार्य, कक्षाकार्य गर्नुपर्छ भन्ने भावनाको जागृति नभएको ।
·
समयमा पाठ्यपुस्तक पुग्न नसकेको ।
·
पाठ्यक्रम र शिक्षक निर्देशिकाको महत्वको वोध नभएको ।
समस्याहरु
·
धेरै संख्यामा विद्यार्थीहरुसँग पाठ्यपुस्तक नभएको ।
· विद्यालयमा गरिने वाहय कक्षा अवलोकनहरु विद्यालय निरिक्षक र सुपरिवेक्षकको
भुमिका चुस्तदुरुस्त नभएको ।
·
समुहकार्य र तत्परताको कमि
·
दण्ड र पुरस्कारको कमि
·
सरकारी विद्यालय प्रति हेर्ने दृष्टीकोण परिवर्तन हुन नसक्नु ।
·
विद्यार्थीको नियमित उपस्थिति हुन नसक्नु ।
·
विद्यार्थीको पढाईप्रति अभिभावक सचेत नहुनु ।
·
विद्यार्थी केन्द्रीत विधिको प्रयोग नभएको ।
·
विद्यालयमा विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउन नसकिएको ।
· अभिभावकको सामाजिक र आर्थिक अभावको कारण(अवस्था) ले विद्यार्थीको उपलब्धीमा
असर परेको छ ।
गर्नुपर्ने कार्यहरु
सामुदायिक विद्यालयमा प्रत्यक्ष भोगेका अनुभव र समस्याहरुको
समाधानका लागि शिक्षक स्वयं,व्यवस्थापन र प्र.अ.का साथै सम्वन्धित निकायले निम्न
कुराहरुमा सुधार गर्न सकेमा सामुदायिक स्कुलको पठनपाठनमा सुधार आउने कुरामा दुई मत
रहदैन ।
·
अभिभावकलाई विद्यार्थीको पढाईप्रति समय संयता जनचेतना (सचेत) गराउनु ।
·
पाठ्यपुस्तक र शिक्षक तालिमलाई बढि महत्व दिनुपर्दछ ।
·
नियमित अनुगमन वा निरिक्षणमा वढवा दिनुपर्दछ ।
·
शिक्षण सिकाईको स्तर उन्नति गराई विद्यार्थीको सृजनशिलता र उच्च दक्षतामा वृद्घि ल्याउनु पर्दछ ।
·
शिक्षकहरु आफ्नो पेशा प्रति सन्तुष्ट हुदै विद्यार्थीको न्युन उपलब्धिलाई आफ्नो जीम्मेवारी सम्झनु पर्दछ ।
·
सिकाई उपलब्धि न्युन भएका विद्यार्थीहरुको पहिचाहन गरि अतिरिक्त कक्षाको व्यवस्था गर्नु पर्दछ ।
·
शिक्षण सिकाई कार्य सरल देखि जटिल प्रकृतिको हुनु पर्दछ ।
·
सम्वन्धित सरोकारवालाको संयोजकत्वमा वृहत र दीर्घकालिन योजना विकास गर्नु पर्ने आवश्यकता रहेको छ ।
·
समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्दछ ।
·
अन्य सेवा सरह शिक्षण पेशालाई अगाडि बढाउने व्यवस्था हुनु पर्दछ ।
·
भेदभाव रहित शिक्षा हुनु पर्दछ ।
·
पाठ्यपुस्तक देखि पाठ्यक्रम कार्यन्वयनका पक्षमा सुधार ल्याउनु पर्दछ ।
विद्यार्थीहरुलाई उनिहरुको पढ्न पाउने अधिकार देखि
व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न सक्ने र आफ्नो जीवनमा आईपर्ने समस्या समाधानका
लागि शिक्षाको अतुलनिय आवश्यकता रहेको पाईन्छ , सामुदायिक विद्यालयलाई
संस्थागत विद्यालय सरह सफल बनाउनका लागि यि माथीका समस्या समाधानका उपायलाई अवश्य
मध्यनजर गर्नै पर्दछ ।

0 comments:
Post a Comment