लोभी केटो
![]() |
| संकलन तथा अनुवादः श्याम प्रसाद आचार्य |
स्याम र टम जुम्ल्याहा दाजुभाइ थिए । देख्दा
दुरुस्तै भएकाले साना छँदा आमालाई पनि कुन श्याम हो र कुन टम हो भनी छुट्याउन कठिन
हुन्थ्यो ।
हेर्दा दुरुस्त भएपनि श्यामको कोहीपनि साथी थिएन
तर टमका साथीहरु धेरै थिए । श्यामलाई चक्लेट धेरै मन पर्थ्यो । टमलाई चटपटे र
अमिलो पिरो खानेकुरा मन पर्थ्यो तर चक्लेट कत्तिपनि मन पर्दैनथ्यो । श्याम आमासँगै
वस्थ्यो भने टम चाही बाबासँग । श्याम नरम र नस्वार्थि थियो भने टम लोभी र स्वार्थी
थियो ।
स्याम र टम दुबै ठूला हुँदै गए । बाबाले दुबै
छोराहरुलाई आफ्नो सम्पत्ति बाँडेर बराबरी दिने विचार गरेका थिए । तर टमले त्यो
कुरा मानेन । उसले तर्क गर्न थाल्यो — जो बढी बलीयो र बुद्धिमानी आँफुलाई प्रमाणित
गर्न सक्छ उसैले धेरै सम्पत्ती पाउनु पर्ने सर्त राख्यो ।
स्यामले टमको शर्त स्वीकार्यो । बाबाले
प्रतियोगिताको आयोजना गरिदिए । उनले छोराहरुलाई तिमीहरु कति हिड्न सक्छौ त्यती
हिँड र घम नअस्ताउँदै घर फर्केर आउ । जसले जती दुरी पुरा गर्छ त्यती नै अनुपातमा
सम्पत्ती बाँडिने छु भने । तर एउटा सर्त पनि राखीदिए — दुबैले समय हेर्नका लागि
घडि लिन पाउने छैन ।
स्यामले विचार गर्यो — ठीक मध्याह्न सम्म हिड्छु
। त्यसपछी सो ठाउँबाट फर्केर आउँछु । त्यसो गर्दा जान जति समय लाग्छ ठीक त्यती समय
फर्किन लाग्नेछ र म साँझमा घर आइपुग्छु । उसले सोही अनुसार ठीक साँझमा घर आइपुग्यो
।
अर्कोतिर, टम भने धेरै सम्पत्ति हात पार्ने
लोभले गर्दा दिउसै फर्किने विचार गरेन । स्यामको भन्दा दोब्बर दुरी दिउसैमा अगाडी
हिड्यो र सोच्यो कि साँझसम्म घर फर्किहाल्छु । दूर्भाग्यवस फर्किने बेलामा उ
साँझमा घरसम्म आइपुग्न सकेन । साँझ पर्दा उ आधा बाटो मात्र फर्केको थियो । घर
आइपुग्दा उ एकदम थकित भएर राती अवेरमात्र लत्रँदै आइपुग्यो । उसको लोभले गर्दा उ
प्रतियोगिता हार्यो ।
संकलनः श्याम प्रसाद आचार्य
कथा २ — मायाँ र समय
एकादेशमा एउटा टापु थियो जसमा सुख, दुख, मायाँ र
अरुहरु पनि बस्दथे । एक दिन समुन्द्रले टापु डुवाउँदैछ भन्दै मायाँ बाहेक सबै
डुँगाको सहायताले टापुबाट बाहिर गए ।
मायाँ मात्र टापुलाई डुबाउने अन्तिम समय सम्म म
यो टापुलाई छोड्ने छैन भनी त्यहीँ बस्यो । जव पानी टापुमा बढ्दै गयो, मायाँले
सहयोग माग्ने निर्णय लियो ।
धनले मायाँलाई छोडेर ठूलो डुङ्गा चढी जाँदै थियो
। मायाँले भन्योः धन धन तिमीले मलाई पनि सँगै लैजान सक्छौ?
धनले भन्यो — अहँ लाँदिन । डुङ्गामा धेरै सून र
हिराहरु छ । तिमीलाई लैजाने ठाउँ छैन ।
मायाँले महत्वसँग साहयोग माग्यो । महत्वले भन्यो
— मायाँ म तिमिलाइ लैजान सक्दिन किनकी तिमी भिजेका छौ । तिमीले मेरो डुङ्गा
भिजाइदिन्छौ ।
दुःख पनि त्यहीबाट जाँदै थियो । मायाँले आँफुलाई
लैजान सहयोग माग्यो तर दुःखले पनि लैजान मानेन र भन्यो — मायाँ म धेरै दुःखी छु ।
त्यसैले म आँफै बन्नु छ ।
खुसी पिन मायाँको नजिकै बाट गयो । तर उ धेरै
खुसी भएकाले उसको मायाँले गरेको पुकार सुन्नै सकेन ।
यत्तिकैमा, त्यहाँ एउटा आवाज आयो "मायाँ आउ, म तिमीलाई लैजान्छु" । त्यसरी बोल्ने
बुढ्यौली रहेछ ।
मायाँ आनन्द र आशिर्वाद पाएको महशुस गर्दै निकै
रमाउँदै गयो । मायाँले बुढ्यौलीहरु कहाँ जाँदै थिए भनेर पनि सोध्न विर्सेछ । जव
उनीहरु सुख्खा जमिनमा पुगे, बुढ्यौले आफ्नो बाटो लेगे । मायाँले मेरो विल कति भयो
भनि सोध्यो भनी ज्ञानलाई सोध्यो — मलाई सहयोग गर्ने को हो ?
ज्ञानले भन्यो — समयले हो ।
समयले? तर समयले मलाई किन सहयोग गर्यो? भनी मायाँले पुनः प्रश्न
गर्यो ।
ज्ञान मुस्कुराउँदै उसको गहिरो ज्ञानका साथ
भन्यो "किनकी समयलाई मात्र थाहा छ मायाँको महत्व कति छ भनेर ।"
संकलनः श्याम प्रसाद आचार्य

0 comments:
Post a Comment