त्रिविले डीन नियुक्ती पत्र लिन बोलायो डा. सिंहलाई

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले डीन नियुक्त गरेको पत्र बुझ्न डा. केपी सिंहलाई बोलाएको छ । डा. सिंह पत्र बुझ्न जानेकी नजाने भन्ने छलफलमा छन् । डा. सिंहले पत्र बुझे आजैदेखि अनशन बस्ने डा. गोविन्द केसीले घोषणा गरेका छन् । डा. केसीले वरिष्ठताका आधारमा डीन नियुक्त नभएको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् । डीन सर्च कमिटिले डा. जगदिश अग्रवाल, डा. केपी सिंह र डा. ज्योती शर्माको नाम सिफारिस गरेको थियो ।
Share on Google Plus

0 comments:

Post a Comment