बैतडी, असोज ८ – केहि वर्षयता सुदूरपश्चिमको बैतडीमा चितुवाको बिगबिगी बढेको छ । नरभक्षी चितुवाले बालबालिकालाई आक्रमण गर्दा हालसम्म २२ जनाको ज्यान गइसकेको छ भने दर्जनौं घाइते भएका छन् । उक्त नरभक्षी चितुवालाई मार्न स्थानीय प्रशासनले प्रहरी टोली परिचालन गरेपनि हालसम्म फेला पार्न सकेको छैन ।
एकपछि अर्को गर्दै चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु
भइरहेको सन्दर्भमा नेपाल विद्यार्थी संघ बैतडीसँगको सहकार्यमा नेपाल
विद्यार्थी संघ गोकुलेश्वर कृषि क्याम्पस इकाइले गाउँगाउँमा पुगेर सचेतना
अभियान सुरु गरेको छ ।
उक्त अभियानको उद्देश्य चितुवाको आक्रमणबाट
बालबालिकालाई जोगाउन सचेतना जगाउनुका साथै जिल्लाका सम्पूर्ण उच्चमाविहरुमा
वैज्ञानिक शुल्क निर्धारणका लागि भएको अभियानमा सक्रिय क्याम्पसका इकाई
अध्यक्ष राजेन्द्र बलमे जानकारी दिए ।
उनका अनुसार गुरुखोला, सलेना,
मेलौली,बिसाल्पुर, दुर्गाइस्थान गरेर वटा गाविसमा जनचेतना कार्यक्रम
सम्पन्न भइसकेको छ भने बाँकी गाविसहरुमा पनि हुने क्रममा छ ।
आजमात्रै मेलौली गाविसको मणि लेक उमाबिमा कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै उनले आगामी असोज १४ गतेसम्म अभियान चल्ने बताए ।
यसैबीच अभियानकै क्रममा एक किसानको कारुणिक अवस्था फेला पारेको उनले बताए ।
बिशालपुर गाबिसका ति किसानको १२ जना सन्तान भएको र एक छोरा तथा एक
छोरी गरी दुई जना चितुवाको सिकार भएको रुँदै सुनाएका थिए । आर्थिक
अवस्था कमजोर भएका ति किसानले आफूले अहिलेसम्म कुनै राहत नपाएको समेत
गुनासो गरेको बलमे बताए । श्रोत: uplinenews
0 comments:
Post a Comment